काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित मीनभवनमा गएराति भएको सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार, बानेश्वरबाट सिभिल अस्पतालतर्फ मोडिँदै गरेको स्कार्पियो (बा.२ ब ०३६५) सँग सोही दिशाबाट आएको मोटरसाइकल (बा.८१ प ४०१०) ठोक्किँदा गोरखा सिरानचोकका २३ वर्षीय बालकृष्ण परियारको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनापछि स्कार्पियो चालक काठमाडौं कपनका ४३ वर्षीय कृष्णकुमार कुइँकेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको शव सिभिल अस्पतालमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान प्रहरी वृत्त नयाँ बानेश्वरले गरिरहेको छ।








प्रतिक्रिया