२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा ५० किलोभन्दा बढी चाँदीसहित एक जना पक्राउ



ललितपुर । ललितपुरमा सशस्त्र प्रहरीले अवैध रूपमा ल्याइएको ५० किलोभन्दा बढी चाँदीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३१ वर्षीय अभिषेश शेख रहेका छन्।

सशस्त्र प्रहरी बल नेपाल इंटेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. २१ दक्षिणकाली गण, ललितपुरले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार शेखले भारतबाट अवैध रूपमा चाँदी ल्याई विभिन्न गहना र गरगहना बिक्री गर्दै आएका थिए।

उनको साथबाट ५० किलो ७४ ग्राम चाँदीका गहना, १२ लाख ९१ हजार ९० नेपाली रुपैयाँ, १ हजार २ सय ७० भारतीय रुपैयाँ, चाँदी तौल गर्ने मेसिन, इलेक्ट्रीक साईलक, एक थान आइप्याड र एक मोबाइल फोन बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद सामग्री र पक्राउ परेका शेखलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुरमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित मिति : १ कार्तिक २०८२, शुक्रबार  ८ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।