२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा राति ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने



काठमाडौं । काठमाडौंमा रातको ९ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज सूचना जारी गर्दै नजिकिँदै गरेको तिहारलाई लक्षित गरेर सो निर्णय गरेको हो ।

मर्यादित, अनुशासित एवं व्यवस्थित ढंगले देउसी भैलो खेल्न समेत भनेको छ । ‘देउसी–भैलो लगायतका कार्यक्रम गर्दा मर्यादित, अनुशासित एवं व्यवस्थित ढंगले बेलुका ९ बजेसम्म मात्र गर्नु हुन्,’ प्रशासनले आग्रह गर्दै भनेको छ, ‘देउसी भैलो खेल्दा कोही कसैको गुनासो नआउने गरी मात्र खेल्ने व्यवस्था मिलाउनु हुन ।’

त्यस्तै सार्वजनिक सवारी आवागमन हुने स्थान र सर्वसाधारणलाई असर पार्ने गरी देउसी भैलो नखेल्न समेत प्रशासनले भनेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शुक्रबार  १० : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।