२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको मुलपानीमा कारको ठक्करपछि मोटरसाइकल चालकको निधन



काठमाडौं

काठमाडौंको मुलपानीमा कारको ठक्करपछि मोटरसाइकल चालकको निधन
भएको छ ।
प्रहरीका अनुसार कागेश्‍वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा बा.५ च ८३२० नम्बरको कारले बा.प्र. ०२–०२७ प ६७३० नम्बर स्कुटरलाई आइतबार बेलुकी
ठक्कर दिएको हो ।
ठक्करपछि स्कुटर चालक ५ थली बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका ३ घर भएका ३६ वर्षीय मिङमार पाख्रिनको निधन भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शंखरापुर अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीको भनाई छ ।
कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी प्रकृया सुरु गरेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, सोमबार  ७ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।