ललितपुर
काठमाडौं महानगरका मेयर बालेन शाहले काँग्रेस एमालेका नेतालाई ‘लाज लाग्दैन’ भन्दै प्रश्न गरेका छन् ।
गत भदौं २४ गते देशभरका सरकारी कार्यालय र नेताहरुको घरमा आगो लगाएर नष्ट गरेको घटनाको सन्दर्भमा मुख खोल्दै मेयर बालेनले आफूमाथि लागेको आरोपको सामाजिक सञ्जालमार्फत खण्डन गर्दै नेताहरुलाई नै आरोप लगाएका हुन् ।
उनले नेताहरुलाई चिया टाइममा रगत पिएको भन्दै साँकेतिक रुपमा गम्भिर आरोप लगाएका हुन् । उनले स्टाटसमार्फत आन्दोलनमा एमालेले काङ्रेसको घर जलाएको र काङ्रेसले एमालेको घर जलाएको तर दोष भने आफ्नो बाल बच्चालाई दिएको भन्दै आक्रोसपूर्ण अभिव्यक्ति दिएका हुन् ।
केही समयदेखि नेताहरुले वालेन विदेशीको एजेन्ट भएको र देशभर आगो सल्काउन योजना बनाएको आरोप लगाएका थिए ।
हेर्नुस् मेयर वालेनको आरोप जस्ताको त्यस्तै ः
तुइन र काठको पूल बनाउने नेताहरु भन्छन ,
यो देश विदेशीले बिगार्यो,
ख्ष्कब पाउनलाई तिमीहरुको घर धाउनु पर्छ ,
अरुलाई एजेन्ट भन्छौ !!!
आन्दोलनमा पुरै देश एमालेले काङ्रेसको जलाउछ ,
काङ्रेसले एमालेको जलाउछ , दोश आफ्नो बाल बच्चालाई दिन्छौ !
चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ !
लाज लाग्दैन ?








प्रतिक्रिया