२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नेवार समुदायले मनाए म्हःपूजा



काठमाडौं । नेवार समुदायको मौलिक र परम्परागत चाड म्हपूजा  देशभर विधिपूर्वक रूपमा मनाइएको छ । नेपाल भाषामा ‘म्ह’ शब्दको अर्थ शरीर हुने भएकाले म्हपूजा अर्थात् शरीरको पूजा गर्ने संस्कारको रूपमा यो पर्व मनाइन्छ । यसलाई आत्माको पूजा पनि भनिने गरिन्छ ।

मध्यपुर थिमिका धर्मसुन्दर बज्राचार्यका अनुसार म्हपूजा दिन केवल शरीरको मात्र पूजा नभई दैनिक जीवनमा प्रयोग हुने घरायसी सामग्री – कुचो, गाग्री, नाङ्लोलगायतका वस्तुको पनि पूजा गरिन्छ । यसरी जीवनका सबै पक्ष र उपकरणप्रति कृतज्ञता प्रकट गर्ने परम्परा रहेको उनले बताए ।

म्हपूजा गर्दा सर्वप्रथम पूजा गर्ने व्यक्तिको अगाडि मन्दः (मण्डल) बनाईन्छ, जसलाई व्यक्तिको प्रतीकका रूपमा मानिन्छ । उक्त मन्दःमा नै जीवनका विभिन्न अवस्थाहरूको प्रतीकस्वरूप पानी र तेलको चक्का बनाईन्छ र त्यसमा लामो ‘खेलुइताः’ नामक दीयो बालिन्छ, जसले अन्धकार नाश भई जीवनमा प्रकाश फैलियोस् भन्ने प्रतीक जनाउँछ ।

त्यस्तै, नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूले म्हपूजाको अवसरमा विशेष स्वस्ती पाठ गरी आत्म–शुद्धि र कल्याणको कामना गर्ने परम्परा रहिआएको छ ।

म्हपूजालाई नेवार समुदायले आत्म–स्मरण, आत्म–सम्मान र जीवनप्रति कृतज्ञता व्यक्त गर्ने पर्वका रूपमा मनाउने गर्छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, बिहिबार  ८ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।