काठमाडौंको टोखाबाट वालिका बलात्कारको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार १३ वर्षीया बालिकालाई बलात्कार(जबरजस्ती करणी) गरेको अभियोगमा टोखा नगरपालिका
१ सिमाचौर डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २० वर्षीय राहुल कुमार ठाकुरलाई
बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
ठाकुरले ती बालिकालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरी प्रभाग टोखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।








प्रतिक्रिया