काठमाडौं । सुनको मूल्य ११ हजार ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तिहारपछि खुलेको बजारमा सो बराबरको मूल्य घटेको हो ।
आज छापावाल सुनको मूल्य तोलाको दुई लाख ४१ हजार ९०० रुपैयाँ कायम भएको छ । तिहार बिदाअघि यो मूल्य सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँ कायम थियो ।
चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले घटेको घटेर ३ हजार १५ रुपैयाँमा कायम भएको छ । यसअघि चाँदीको मूल्य प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पुनको मूल्य घटेका कारण नेपाली बजारमा यसको प्रभाव देखिएको हो ।








प्रतिक्रिया