नुवाकोट । नुवाकोटको धुनिवेशी–१ स्थित बञ्चरे कुंडु ल्यान्डफिल साइटबाट प्रभावित स्थानीय बासिन्दा बुधबारदेखि फोहोरमैला व्यवस्थापनको दिगो समाधान नपाएको भन्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका छन्। स्थानीयले फोहोर विसर्जन रोक्दै कतिपय गाडी फिर्ता पठाएका छन्।
स्थानीय निराजन सन्जेलका अनुसार, काठमाडौं महानगरपालिका र संघीय सरकारले स्थानीय तहलाई छलफलमा नबोलाएको कारण बिहीबारदेखि आन्दोलनको स्वरूप परिवर्तन हुन सक्नेछ। सन्जेलले सरकारी पक्षले स्थानीयप्रति हेपाहा व्यवहार देखाएको आरोप पनि लगाएका छन्।








प्रतिक्रिया