काठमाडौं । रारा ताल अवलोकनका लागि आएका दुई जना पर्यटकलाई ‘लेक’ (उचाइका कारण हुने स्वास्थ्य समस्या) लागेपछि अस्वस्थ भएको खबर प्राप्त भएपछि सेनाको टोलीले उद्धार गरेको छ।
काठमाडौं-१३, जोरपाटीका ती दुई जना पर्यटक रारा राष्ट्रिय निकुञ्ज क्षेत्रको माथिल्लो मिलिचौरमा घुम्दै गर्दा अचानक स्वास्थ्यमा समस्या देखिएको थियो। उनीहरूलाई टाउको दुख्ने, बान्ता आउने र सास फेर्न कठिन हुने जस्ता लक्षण देखिएपछि स्थानीयले तत्काल जानकारी दिएका थिए।
खबर पाएपछि हनुमानध्वज गुल्मबाट नर्सिङ अर्डरलीसहितको मेडिकल टोली अक्सिजन र आवश्यक औषधि लिएर घटनास्थल पुगेर तत्काल प्राथमिक उपचार प्रदान गरेको थियो। उपचारपछि दुबै जनाको स्वास्थ्य अवस्था सुधार भएपछि उनीहरूलाई साथमा रहेका आफन्तको जिम्मा लगाइएको सेनाले जनाएको छ।








प्रतिक्रिया