२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ग्वार्कोको थकाली होटल खानतलासी गर्दा भेटियो चितुवाको छाला,दुई महिला पक्राउ



ललितपुर । ललितपुर महानगरपालिका–१७, ग्वार्कोस्थित आगमन थकाली चुलो एण्ड क्याफे बाट प्रहरीले चितुवाको छाला सहित दुई महिलालाई पक्राउ गरेको छ।

गोप्य सूचनाको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले मंगलबार राति क्याफेमा छापा मार्दा, रामदेवी श्रेष्ठ (४० वर्ष, काठमाडौं शंखरापुर-६) र मथुरा विक (४६ वर्ष, भक्तपुर चाँगुनारायण-५) लाई पक्राउ गरेको हो।

रामदेवीको सेतो हाते झोलामा ४.२ फिट लम्बाइ र १.७ फिट चौडाइको रौँसहितको चितुवाको छाला फेला परेको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट कलर्स कम्पनीको किप्याड मोबाईल र आइटेल कम्पनीको एन्ड्रोइड फोन पनि बरामद गरिएको छ। उनीहरू विरुद्ध वन्यजन्तु चोरी–तस्करीसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शुक्रबार  ११ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।