१७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


पेट्रोलको मूल्य स्थिर, डिजेलकाे घट्याे



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य स्थिर राख्दै डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको छ। शुक्रबार बसेको निगमको सञ्चालक समितिको बैठकले शनिबार (कार्तिक १५ गते) राति १२ बजेदेखि लागू हुनेगरी नयाँ मूल्य निर्धारण गरेको हो।

निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रति लिटर रु. ०.०३ ले वृद्धि, हवाई इन्धनमा प्रति लिटर रु. ०.८६ ले वृद्धि, र डिजेलमा प्रति लिटर रु. १.१९ ले कमी आएको छ।

तर, निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोलको खुद्रा मूल्य यथावत् राखिएको छ भने डिजेल र मट्टितेलमा प्रति लिटर रु. १ ले घटाइएको छ। त्यस्तै, हवाई इन्धनको मूल्य पनि समायोजन गरिएको छ — आन्तरिकतर्फ प्रति लिटर रु. १ ले बढाइएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंबाट आपूर्तिमा प्रति किलोलिटर अमेरिकी डलर ७ ले वृद्धि गरिएको छ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ९ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।