२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ढुंगा हटाएपछि कान्ति लोकपथ सञ्चालनमा, कुलेखानी–सिस्नेरी सडक अझै अवरुद्ध



काठमाडौं । बकैया गाउँपालिका–११ घट्टेपाखामा खसेको ठुलो ढुंगा पन्छाएपछि आइतबार बिहानदेखि कान्ति लोकपथमा दुवैतर्फ सवारीसाधन सञ्चालनमा आएका छन्।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीका अनुसार बिहान करिब ७ बजे सडकमा खसेको ढुंगा हटाएपछि आवागमन सहज भएको हो। केही बेर अघिदेखि नै सडकमा गाडी चल्न सुरु भएको उनले जानकारी दिए।

तर, लगातारको वर्षासँगै खसेको पहिरोका कारण कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्ड भने अझै अवरुद्ध छ। डीएसपी बोगटीका अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा सडक माथिबाट आएको पहिरोले बाटो बन्द गरेको हो।

सडकमा माटो र ढुंगा थुप्रिएको कारण सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ। हाल पहिरो पन्छाउने कार्य तीव्र रूपमा जारी रहेको बोगटीले बताए।

 

प्रकाशित मिति : १७ कार्तिक २०८२, आइतबार  १२ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।