२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बागमती सरकारका पूर्वराज्यमन्त्री रजनी अमात्य जोन्छेको निधन



काठमाडौं । बागमती प्रदेश सरकारका पूर्व राज्यमन्त्री रजनी अमात्य जोन्छेको मंगलबार बिहान भक्तपुरको मध्यपुर ठिमी अस्पतालमा निधन भएको छ।

नेपाली कांग्रेस महासमिति सदस्य समेत रहेकी जोन्छे, शहीद राधेश्याम जोन्छेकी धर्मपत्नी थिइन्। लामो समयदेखि राजनीतिक, सामाजिक तथा मानवअधिकार क्षेत्रमा सक्रिय रहेकी जोन्छे केही समयदेखि अस्वस्थ थिइन्।

स्वर्गीय जोन्छेको पार्थिव शरीर राधेश्याम स्मृति प्रतिष्ठान कार्यालय, चुनदेवी भक्तपुरमा श्रद्धाञ्जलीका लागि राखिएको छ। उनको परिवारमा तीन जना छोरा रहेका छन्। बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले जानकारी दिएका छन्।

जोन्छे २०७४ को निर्वाचनमा कांग्रेसको समानुपातिक कोटाबाट सांसद बनिन्। त्यसपछि २०७८ कात्तिकमा गठित कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट बनेको राजेन्द्र प्रसाद पाण्डे नेतृत्वको सरकारमा उनी उद्योग, वाणिज्य तथा आपूर्ती राज्यमन्त्री भएकी थिइन्।

प्रकाशित मिति : १९ कार्तिक २०८२, मंगलबार  १ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।