२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नागढुंगाबाट खैरो हेरोइनसहित युवक पक्राउ



काठमाडौं । काठमाडौंको नागढुंगा चेकप्वाइन्टबाट प्रहरीले लागुऔषध ‘खैरो हेरोइन’ सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति सुनसरी इटहरी उपमहानगरपालिका–८ का २५ वर्षीय फैजल अन्सारी रहेका छन् ।

विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्रदेश–०१–००६ ख ९४५० नम्बरको यात्रुबसमा सवार अन्सारीको पाइन्टको गोजीमा लुकाइराखिएको अवस्थामा प्रहरीले करिब १ ग्राम खैरो हेरोइन बरामद गरेको हो ।

प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले मंगलबार जाँचका क्रममा उनलाई पक्राउ गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा अन्सारीले आफू ‘सेवनकर्ता’ भएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

हाल उनलाई आवश्यक कानूनी प्रक्रिया अघि बढाउन लागुऔषध नियन्त्रण ब्युरो, काठमाडौंमा बुझाइएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, मंगलबार  ३ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।