२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं उपत्यकामा दिउँसै श्रृखलवद्ध चोरी



काठमाडौं
काठमाडौं उपत्यकामा दिउँसै श्रृखलवद्ध चोरीका घटना भएका छन् । ललितपुरको इमाडो सक्षम टोल, चन्द्रागिरीको तीनथाना र किर्तिपुरको चाँदनी चोकमा दिउँसै डकैती भएको हो ।
प्रहरीले दिएको जानकारी अनुसार ललितपुर महालक्ष्मी नगरपालिका–१ इमाडोल सक्षम टोल बस्ने गजेन्द्र प्रधान घरबाट नगद, सुन तथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब १८ लाख ३८ हजार ८ सय रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।
यसैगरी चन्द्रागिरी नगरपालिका १५ तिनथाना बस्ने यादब प्रसाद पन्थीको घरबाट सुन तथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब २६ लाख ६२ हजार ६ सय रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।
साथै, काठमाडौं कीर्तिपुर नगरपालिका १ चाँदनीचोक डेरा गरी बस्ने रामेछाप दोरम्बा सैलुङ गाउँपालिका–७ घर भएका बिकाश श्रेष्ठको कोठाबाट नगद तथा सुनका
विभिन्न गरगहना समेत गरी करिब ७ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।
तीन वटै घटनाका सम्न्धमा प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शुक्रबार  ८ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।