काठमाडौं । २०८२ भदौ २४ गते भएको प्रदर्शनको क्रममा प्रहरी वृत्त बानेश्वरको भवन र सवारी साधनहरूमा तोडफोड, आगजनी र हातहतियार लुटपाटमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, सिराहा नगरपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–३१ आलोकनगर बस्ने २२ वर्षीय सेख सिद्धिकीलाई मिति २०८२/०७/२३ गते नियन्त्रणमा लिइएको हो। पक्राउ परेका युवकको कोठा खानतलासी गर्दा ग्यास गनका दुई वटा सेल बरामद गरिएको छ।
पक्राउ परेकामाथि प्रहरीलाई दुर्व्यवहार गर्ने, आपराधिक उपद्रव र हातहतियार सम्बन्धी मुद्दामा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्र.उ. पवन कुमार भट्टराईले जानकारी दिएका छन्। प्रहरीले अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइरहेको छ।








प्रतिक्रिया