१९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अख्तियारको उपसचिव हुँ भन्दै किर्ते कागज सहित धम्क्याउने व्यक्ति पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उपसचिव हुँ भन्दै किर्ते कागज बनाएर धम्क्याउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँको तारकेश्वर बस्दै आएका डोटीको शिखर नगरपालिका–४ का ऐभानबहादुर महरालाई टुसाल चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका महराका साथबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र राज्यमन्त्रीको सचिवालयका किर्ते लेटरप्याड बरामद गरिएको छ। साथै प्रहरीले विभिन्न बैंकको स्टेटमेन्ट, एटिएम, चेकबुक, हिसाब राखिएको डायरी र वाणिज्य बैंकको डेप्युटी म्यानेजरको परिचयपत्र समेत बरामद गरेको छ।

प्रहरीका अनुसार महरा राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी हुन्।

उनीमाथि किर्ते कागज बनाउने र सरकारी पदको दुरुपयोग गरेको आरोपमा अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, मंगलबार  ८ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।