२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा खैरो हेरोइनसहित दुई जना पक्राउ



काठमाडौं । लागूऔषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले ३.५१ ग्राम खैरो हेरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, गत मङ्सिर २४ गते राति करिब १०ः३० बजे टोखा नगरपालिका–६, ग्राण्डीस्थित क्षेत्रमा लागूऔषध सेवन भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा झापा, धुलाबारी नगरपालिका–१० का २८ वर्षीय बिसाल पाठक र झापा, मेचिनगर नगरपालिका–१० का २१ वर्षीय ईमान महमद रहेका छन्। दुवै जना हाल काठमाडौंको बसुन्धरामा बसोबास गर्दै आएका थिए।

प्रहरीले उनीहरूको साथबाट ३.५१ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारेको जनाएको छ। पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी प्रहरी वृत्त महाराजगञ्जमा अनुसन्धान जारी राखिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन कुमार भट्टराईका अनुसार, लागुऔषध नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउन प्रहरीको निगरानी र चेकजाँच थप सशक्त बनाइएको छ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बुधबार  ९ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।