२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


कबिता : ललितपुरको सेरोफेरो



 

फुर्सद हुदा घुम्ने भए ललितपुर आउनु।
कुम्भेश्वर देबालय मन्दिरहरु धाउनु।।
मङ्गलबजार पूरातात्विक मन्दिरकै शहर।
पाटन पुरै जति घुमौ मेटिदैन रहर।।
एतिहासिक सम्पदाका धरोहरहरु।
अनगिन्ति घुम्ने हेर्ने ललितपुरमै अरु।।
पुल्चोक तथा इमाडोलका अरु मन्दिर पनि।
चौतारा र धापाखेलका कृष्ण प्रणाम भनि।।
बटुकभैरब पन्चेश्वर महालक्ष्मी इश।
दर्शन सबले गरौ हजुर झुकाएर शिर।।
बिहारहरु अति धेरै बुद्ध दर्शन गरौ।
शिम्हअस्त १२ बर्षे दुर्लभ मेला भरौ।।
गोदावरी नवधारा देबि फुलचोकी।
दर्शन गर्ने हजुर हर्को भाकल थियो कि।।
सन्तान को इच्छा भए सन्तानेश्वर जानु।
तिर्खा लागे ग्वालिनिदहको चिसो पानी खानु।।
मुक्तिनाथ र बिशंखु नि यतै तिर पर्छन।
दर्शन गर्दा इश्वरले सबको रक्षा गर्छन।।
खोकना भैसिपाटी कटुवाल दह डुकु।
घुम्न कहिला जानु भनि मन हुन्छ कुटु।।
बज्रबाराही चुनदेविमा दुध चढाए लोकले।
कार्य सबको पुरा गरुन कार्यबिनायकले।।
खोकनाका देवदेविले सब्लाई आशिष दिउन।
प्रकृतिलाइ लिहालेर सबले मज्जा लिउन।।
धापाखेलको नागदहमा नागको बास छ रे।
नागले दुख दिन्न भन्छन यिनको दर्शन गरे।।
लुभु ढुङ्गिन लाकुरि र शंखा देबि पनि।
ललितपुरका घुम्ने ठाउ सक्या छैनन भनि।।
भृङ्गारेश्वर ढल्केश्वर आशपास पनि।
फुर्सद मिलाइ दर्शन गरौ घटोस पाप भनि।।
बज्रबाराही देबि दर्शन इतिहासका कुरा।
चापागाउमा घुम्नआउदा मन रमाउछ पुरा।।
जिबनेश्वर बागेश्वर टिकाभैरब लेले।
चिन्न सके सम्पदालाइ मन छुदैन केले।।
मनकामना , पाथिभरा नल्लु तिर भने।
सुगम छ है आउन जान ठुलो सडक बने।।
बैतरणि नुहाएर महाङ्गकाल दर्शन गर्नु।
कालेश्वर दर्शन गरि गोटिखेल झर्नु।।
बैतरणिमा श्राद्ध गरि पित्रृहरु तार्नु।
पुराणमै लेख्याछ रे किन नरक पर्नु।।
ईश्वरको भाब भक्तिले पापको भारि छुट्छ।।
आज भोलि गाउगाउमा बाइक गाडी गुड्छ।।
दलचोकि र भट्टेडाडा भन्ज्याङ तिनपाने।
ललितपुर घुम्दै घुम्दै दुध दहि खुवा खाने।।
ललितपुर को भ्रमण गरि भाग्यमानी बनौ।
श्रीकृष्णको नाम जप्दै मोक्षबाटो खनौ।।
फुर्सद हुदा घुम्ने भए ललितपुर आउनु ।
प्रकृतिको अबलोकन स्वच्छता लाइ चुम्नु।।
हरिबोल चालिसे लपु चापागाउ

प्रकाशित मिति : १ मंसिर २०८२, आइतबार  १२ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।