२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा २१ लाख बराबरको चोरी, ३ जना पक्राउ



ललितपुर । ललितपुरमा २१ लाख रुपैयाँ बराबरको चोरी भएको छ । चोरी आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–१ का ४१ वर्षीय दिनेश विश्वकर्मा, रामेछाप नगरपालिका–२ का ३२ वर्षीय दीपक थापा मगर र रामेछापको दोरम्बा गाउँपालिका–३ का ४० वर्षीय तिर्थबहादुर थापा मगर छन् ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो । उनीहरूले १९ कात्तिकमा इमाडोलको एक घरको ताला फुटाएर २१ लाख ८३ हजार ३ सय रुपैयाँ बराबरको चोरी गरेको प्रहरीले बताएको छ ।

सुनचाँदीका गरगहना र चोरी आरोपमा पक्राउ परेका उनीहरूबाट उक्त गरगहना खरिद गरेको आरोपमा अर्का एक जना पनि पक्राउ परेका छन् । गहना किन्ने खोटाङको रुपाकोट मझुवागढीका ५८ वर्षीय भीमे कामी पक्राउ परेका हुन् ।

प्रकाशित मिति : २ मंसिर २०८२, सोमबार  १ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।