१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कोटेश्वरमा बसबाट खसेर सहचालकको मृत्यु



काठमाडौं । काठमाडौंको कोटेश्वरमा बसबाट खसेर एक व्यक्तिको ज्यान गएको छ। प्रहरीका अनुसार बा३ ख ७३८७ नम्बरको बसको सहचालक ४१ वर्षीय सुरेन्द्र लागेको, भक्तपुर नगरपालिका–१० का बासिन्दा, आइतबार कोटेश्वर चोकमा बसबाट खस्दा सोही बसले किचेको थियो।

गम्भीर घाइते भएका लागेकालाई उपचारका लागि वीर अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

प्रकाशित मिति : ८ मंसिर २०८२, आइतबार  ९ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।