काठमाडौं
काठमाडौंको कोटेश्वर सडकमा बसको ठक्करपछि गुडिरहेको बसको सहचालकको निधन भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३२ कोटेश्वर चोकस्थित सडकमा बा.३ ख ७३८७ नम्बरको बसको ठक्करपछि सोही बसका सहचालक भक्तपुर नगरपालिका १० घर भएका ४१ वर्षीय सुरेन्द्र लागेको आइतबार दिउँसो निधन भएको हो ।
गुडिरहेको बसबाट खसेपछि सोही बसको ठक्करपछि गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
सो दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी कारवाहीको प्रकृया सुरु गरेको जानकारी दिएकोे छ ।
८ मंसिर २०८२, आइतबार
164
Shares








प्रतिक्रिया