२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा ट्रकको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु



ललितपुर । ललितपुर महानगरपालिका–१३ स्थित कुसुन्ती हाइटमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मंगलबार महालक्ष्मीस्थानबाट एकान्तकुनातर्फ जाँदै गरेको ना६ख ४९१७ नम्बरको ट्रकले ठक्कर दिँदा मोरङ घर भई सीतापाइला बस्दै आएकी पार्वता लुइँटेलको मृत्यु भएको हो ।

लुइँटेल बाप्र०२–०३२ प ४१७५ नम्बरको स्कुटर हाँकेर एकान्तकुनातर्फ जाँदै थिइन् । ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी करिब ३८ वर्षीया लुइँटेलको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । ट्रक चालक धादिङ घर भएका २५ वर्षीय सनम तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८२, मंगलबार  ६ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।