२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको गोदावरीबाट जुवातास खेलिरहेका २२ जना पक्राउ



ललितपुर । ललितपुरको गोदावरी नगरपालिका-४ बडिखेलस्थित तपेश्वर होटलमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं नेपालटार बस्ने नुवाकोट घर भएकी ४७ वर्षीया शारदा बस्नेत समेत १४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ४ हजार ७ सय २५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

चितवन, कालिका नगरपालिका-६ बस्ने ६० वर्षीय ठाकुर प्रसाद भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा भट्ट समेत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जिरौनाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार २ सय १० रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ

प्रकाशित मिति : १५ मंसिर २०८२, आइतबार  ६ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।