२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनचाँदीको मूल्य निरन्तर उकालोतर्फ



काठमाडौँ
अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५४ हजार १ सय कायम भएको छ । आज चाँदीको मोल रु १ सय १० ले बढेर तोलामा रु तीन हजार ६ सय ५५ निर्धारण भएको छ ।
मङ्गलबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार ३ सय निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ५ सय ४५ मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २ सय २६ र त्यति नै परिमाणको चाँदी ५९ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बुधबार  ११ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।