२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


बमको धम्की आएपछि इन्डिगो विमान आपत्‌कालीन अवतरण



एजेन्सी 

बमको धम्की आएपछि बिहीबार इन्डिगो विमान आपत्‌कालीन अवतरण गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार मदिनाबाट हैदराबाद जाने विमान अहमदाबाद विमानस्थलमा आपत्‌कालीन अवतरण गरिएको हो।

मदिनाबाट हैदराबाद जाने इन्डिगो विमानमा एक यात्रुको शंकास्पद व्यवहारका कारण अहमदाबाद विमानस्थलमा आपत्‌कालीन अवतरण गर्नुपरेको हो।

घटनाको जानकारी पाएपछि प्रहरी र सुरक्षा बलले तुरुन्तै विमानस्थल पुगेर सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालेका छन्। अनि शंकास्पद व्यवहार गरेका यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ र विमानभित्र खोजतलास भइरहेको छ।

प्रकाशित मिति : १९ मंसिर २०८२, बिहिबार  ४ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।