काठमाडौँ । कान्ति राजमार्गको सडक स्तरोन्नति कार्यका कारण सडक खण्डमा सवारी सञ्चालन अस्थायी रूपमा बन्द गरिने भएको छ।
सडक योजना अन्तर्गत मकवानपुर जिल्लाको वकैया गाउँपालिका–११, सिमात खोला घुम्ती, ललितपुर जिल्लाको बागमती गाउँपालिका–२, तामाखानी, ऐ.३ पाङ्दुर भिर, कार्किवास लगायतका क्षेत्रमा Road Widening र Cutting कार्य हुने हुँदा मिति २०८२-०८-२० देखि ६० दिनसम्म बिहान ११ बजे देखि बेलुका ५ बजेसम्म सडक पूर्ण रूपमा बन्द रहने छ।
सडक स्तरोन्नति कार्यका कारण यात्रुहरूले वैकल्पिक मार्ग प्रयोग गर्न र समय अनुसार यात्रा योजना बनाउन नेपाल प्रहरी तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।








प्रतिक्रिया