२५ मंसिर २०८२, बुधबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वैदेशिक रोजगार विभागबाट १३ बिचौलिया प्रहरी नियन्त्रणमा



काठमाडौं । वैदेशिक रोजगार विभाग ताहाचलबाट बिचौलियाको काम गर्ने १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार उनीहरूलाई पक्राउ गरेको हो ।

वैदेशिक रोजगारको सिलसिलामा ठगिएका पीडितहरू न्यायका लागि वैदेशिक रोजगार विभागमा जाँदा बिचौलियाले घेराबन्दी गर्दै विभिन्न बहानामा बार्गेनिङ गरेको पाइएपछि पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

श्रम स्वीकृतिका लागि विभागमा जाने सेवाग्राहीहरूलाई दुःख हैरानी दिई बिचौलिया प्रयोग गर्न बाध्य बनाउने गरेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बुधबार  ६ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।