ललितपुर । ललितपुर यूएन पार्क नजिक बिहीबार एउटा भ्यानले चार वटा गाडीलाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। बागमती करिडोर अन्तर्गत यूएन पार्क नजिक कुपण्डोल पुलबाट यूएन पुलतर्फ जाँदै गरेको बा. प्र. ०१-०२९ च ३८९६ नम्बरको निजी भ्यानले विपरित दिशाबाट आउदै गरेका चार गाडीलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ।
भ्यानले बा. प्र. ०१-०२२ च ००६१ नम्बरको निजी कार, बा २ ज ४७६० नम्बरको भाडाको कार, बा.प्र. ०१-०२२ च ००६१ नम्बरको निजी कार र बा ५१ प ९५६९ नम्बरको स्कूटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। स्कूटर भने कुपण्डोलबाट यूएन पुलतर्फ जाँदै गरेको थियो।
दुर्घटनामा स्कूटर चालक रौतहटको गौर नगरपालिका-९ का राजिव सिन्हा घाइते भएका थिए। उनलाई उचपारका लागि नर्भिक अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले भ्यान चालक नागार्जुन नगरपालिका-६ का २० वर्षीय रोहित रञ्जितकारलाई नियन्त्रणमा लिएको छ। त्यस्तै, अन्य चार वटै गाडी चालक र गाडीलाई पनि नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।







प्रतिक्रिया