१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


प्रहरी वृत्त बौद्धको भवन पुनर्निर्माण



काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको प्रहरी वृत्त बौद्धको भवन पुनर्निर्माण गरिएको छ।

पुनर्निर्मित भवनको उद्घाटन प्रहरी प्रमुख तथा नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले गरेका छन्। गत भदौ २३ र २४ गते आन्दोलनका क्रममा क्षतिग्रस्त भएको कार्यालय तीन महिनापछि पुनर्निर्मित भएको हो।

भवन उद्घाटन कार्यक्रममा आईजीपी कार्कीसँगै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी ईश्वर कार्की लगायत वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

प्रकाशित मिति : २९ मंसिर २०८२, आइतबार  १ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।