काठमाडौं। काठमाडौंको गोंगबुस्थित एक दोहोरी साँझमा भएको झगडामा २० वर्षीय बबिन गुरुङको मृत्यु भएको छ। उनी गोरखाको सिरानचोक गाउँपालिका–७ घर भई टोखा नगरपालिका–९ गोंगबु बस्दै आएका थिए।
मंगलबार राति करिब साढे १ बजेतिर मिरमिरे दोहोरी साँझमा दुई समूहबीच झगडा भएको थियो। दोहोरी सञ्चालक शिव सौगात सुवेदीले दुवै पक्षलाई बाहिर निकाल्न खोज्दा पनि झगडा सडकतिर फैलिएको थियो।
सडकमा आएका झगडालु हरिशरण पन्तले पैदल हिँड्दै गरेका बबिनमाथि धारिलो हतियारले आक्रमण गरेका थिए। आक्रमणबाट गम्भीर घाइते भएका बबिनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल र त्यसपछि केएमसी अस्पताल लगिएको थियो। बुधबार बिहान ५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
घटनामा संलग्न भएका अन्य व्यक्तिहरूमा हरिशरण पन्त, श्रीकृष्ण पन्त, वीरेन्द्र साउद, जनक सिंह नगारी, प्रज्वल भुजेल र मनोज सुनार रहेका छन्। प्रहरीले माथि उल्लेखित ६ जनासहित दोहोरी सञ्चालक शिव सुवेदीलाई पक्राउ गरेर प्रहरी वृत्त महाराजगञ्जमा हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ।







प्रतिक्रिया