काठमाडौं । काठमाडौंको वायुको गुणस्तर अस्वस्थकर तहमा पुगेको छ । वातावरण विभागले काठमाडौंका विभिन्न स्थानमा राखेको निगरानी केन्द्रको तथ्यांकका आधारमा काठमाडौंको वायुको गुणस्तर अस्वस्थकर तहमा पुगेको देखाएको हो ।
काठमाडौंका दुई स्थानको विगत २४ घण्टाको वायुको गुणस्तर अस्वस्थकर तहमा पुगेको हो । काठमाडौंको रत्नपार्क र शंखपार्क तथा भक्तपुरको वायु गुणस्तर सूचकांक अस्वस्थकर तहमा पुगेको छ ।
वायु गुणस्तर सूचकांक (एक्यूआई) शून्य देखि ५ सयभित्रको मानलाई ६ वटा विभिन्न तहमा वर्गीकरण गरी हेर्ने गरिन्छ । यी तहहरूलाई फरक–फरक रंगको प्रयोग गरेर जोखिम कति छ भनेर बुझाइन्छ । हाल काठमाडौंको विगत २४ घण्टाको एक्यूआई १५८ रहेको छ, जुन रातो अर्थात् अस्वस्थकरको सूचीमा रहेको छ ।







प्रतिक्रिया