६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


थापाथलीका चार अखडामा गाई पाल्न समस्या



 

काठमाडौँ

थापाथली क्षेत्रका चार अखडाका ढोका साँघुरा हुँदा गाई पाल्ने परम्परा नै लोप हुने अवस्था सृजना भएको छ ।

 

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका एसियाली विकास बैंक (एडिबी) को सहयोगमा  पुनर्निर्माण भएका यस क्षेत्रका सम्पदाको पुनर्निर्माण अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले गरेको हो ।

बनेका यस क्षेत्रका सम्पदास्थलका गौशालाका ढोका साँघुरा हुँदा समस्या भएको हो । अधिकार सम्पन्न वाग्मती समितिका इञ्जिनीयरले गरेको इञ्जिनीयरिङअनुसार पुनर्निर्माण भएका गौशालाका ढोका साँघुरा हुँदा समस्या भएको श्रीराम मन्दिर वैरागी अखडा थापाथलीका महन्त रामस्वरुप वैष्णवदासले बताएका छन् ।

 

भूकम्पअघि थापाथली क्षेत्रका चार अखडामा गरी १५० वटा गाई पालिन्थ्यो । भूकम्पपछि बनेका गौशालाका ढोका साँघुरा हुँदा गाई पाल्ने हिसाबले मात्र प्रत्येक अखडामा एक, दुई गाई पालिएको छ । यी गौशालामा गाई पाल्न धेरै अप्ठ्यारो परेको गौसेवकको गुनासो छ । समितिका इञ्जिनीयरले ध्यान दिन नसक्दा यस्तो समस्या आएको काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार बताउछन् ।

 

थापाथली क्षेत्रमा वैरागी अखडासँगै उदासी, सन्न्यासी र गोरखनाथ अखडा पनि छन् । प्रधानमन्त्री जङगबहादुर राणाले बेलायतबाट फर्केपछि थापाथलीमा चार अखडामा विभाजन भएका उनले बताएका छन् ।

 

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ९ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।