ललितपुर । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी चन्द्रेश्वर च्यामीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला ललितपुर, ललितपुर महानगरपालिका–९ बस्ने ५० वर्षीय च्यामीमाथि २ दिन कैद र २०,००० रुपैयाँ जरिवाना तोकिएको थियो।
अदालतको फैसला कार्यान्वयन गर्दै २०८२/०९/०७ गते जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरी अदालतमा पेश गरेको जनाएको छ।
पक्राउपछि अदालतले फैसला कार्यान्वयन गर्ने प्रक्रियामा आवश्यक कदम चालिएको प्रहरीले जनाएको छ।







प्रतिक्रिया