ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–८, लुभुस्थित एक कृषि बारीको इनारमा दुई युवालाई कर्तव्य गरी बाँधेर फालिएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। यहि पुस २ का दिन घटनास्थलमा शव फेला परेको थियो। सो घटनामा संलग्न जिल्ला सिन्धुली गोलन्जोर गाउँपालिका–५ निवासी २५ वर्षीय केशव राज हायुको कर्तव्य गरी हत्या भएको अभियोगमा अनुसन्धान सुरु गरिएको थियो।
उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा छानबिन गर्ने क्रममा जिल्ला सिन्धुली सुनकोशी गाउँपालिका–४ निवासी, ललितपुर चाङ्गाथलीमा बस्दै आएका २१ वर्षीय देवराज ढुंङ्गेललाई नियन्त्रणमा लिइएको छ। साथै फरार प्रतिवादी २१ वर्षीय जयराम अधिकारीलाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको छ।
जाँचअन्तर्गत, भोजपुर घर भई लुभुमा बस्ने २२ वर्षीय पारहाङ राईलाई मंसिर २५ गते लाकुरी भञ्झाङको जंगलमा कर्तव्य गरी मारिएको अवस्थामा फेला पारिएको थियो। घटनामा संलग्न दुबै अभियुक्तलाई ललितपुर जिल्ला अदालतले थप अनुसन्धानको लागि ७ दिन म्याद थप गरेको छ।







प्रतिक्रिया