८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सिन्धुलीमा आगो लगाएर युवतीको हत्या, सासु–नन्द पक्राउ



काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित धुराबजारमा आगो लगाएर एक युवतीको हत्या भएको छ। पुस ६ गते साँझ ३२ वर्षीया सुशीला बम्जनको हत्या भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

प्रहरीका अनुसार पेट्रोल छर्केर आगो लगाएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीले घटनाबारे अनुसन्धान जारी रहेको जानकारी दिए।

हत्यामा संलग्न आरोपमा मृतककी नन्द ३५ वर्षीया मिना लामा बम्जन र ५९ वर्षीया सासु मायारानी बम्जनलाई प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार मृतककी नन्द मिनाले आगो लगाएको खुलेको एसपी सुवेदीले बताए।

घटनामा मृतकका ससुरा दुर्गामान बम्जन घाइते भएका छन्। उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  १ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।