काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–३, सूर्यदर्शन हाइटमा एक व्यक्तिको डेरा कोठाबाट लाखौँ रुपैयाँ मूल्य बराबरको धनमाल चोरी भएको छ। नुवाकोट बेलकोटगढी नगरपालिका–१२ घर भई हाल सोही स्थानमा बस्दै आएका ४५ वर्षीय भवानी थपलियाको कोठामा सोमबार बिहान चोरी भएको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ।
प्रहरीका अनुसार कोठामा कोही नभएको मौका छोपी चोरले सुनका विभिन्न गरगहना र नगद गरी करिब १२ लाख २ हजार ५ सय रुपैयाँ बराबरको सम्पत्ति चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनाबारे प्रहरीलाई जानकारी दिएलगत्तै चोरीमा संलग्न फरार व्यक्तिको खोजी तीव्र पारिएको छ।







प्रतिक्रिया