९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


धुलिखेल–खावा सडक स्तरोन्नति पुनः सुरु



काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः सुरु भएको छ। नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता भएसँगै सडक स्तरोन्नतिको काम फेरि शुरु भएको हो।

सडकका सुपरभाइजर लोकहरि नेपालका अनुसार कात्तिक अन्तिमदेखि काम सुरु भएको र हाल दैनिक सयभन्दा बढी मजदुर काममा खटिएका छन्। १४ महिनाको ठेक्का समय तोकिएको भए पनि समयभन्दा अघि नै कालोपत्रे कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ।

उपकरण र निर्माण सामग्रीको पर्याप्त उपलब्धता भएको र स्ट्रक्चरको काम सकेपछि पिचिंग सुरु हुने जानकारी सुपरभाइजरले दिएका छन्। स्थानीय बासिन्दा पनि निर्माणमा सहयोग गरिरहेका छन्।

https://www.youtube.com/@lalitkhabar

धुलिखेल–खावा सडक लामो समयदेखि प्रयोगकर्ताका लागि समस्या उत्पन्न गर्ने सडकमध्ये पर्छ। अब पुनः स्तरोन्नति सुरु भएपछि यात्रुका लागि सुरक्षित र सहज यात्रा सुनिश्चित हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ३ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।