१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


प्रहरी वृत सातदोबाटो र ट्राफिक प्रहरी परिसर पुनर्निर्माणमा सहयोग गर्ने पदाधिकारीलाई सम्मान



काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरले प्रहरी वृत सातदोबाटो र ट्राफिक प्रहरी परिसर, सातदोबाटोमा भएको आगलागी र तोडफोडपछि भवन पुनर्निर्माणमा सहयोग पुर्‍याउने समितिका पदाधिकारीहरुलाई कदर पत्र प्रदान गरेको छ।

भाद्र २३ र २४ गते Gen-Z आन्दोलनका क्रममा यी कार्यालयहरु पूर्ण क्षति भएको थिए। पुनर्निर्माण कार्य समितिका पदाधिकारीहरुले सक्रिय सहयोग पुर्‍याएकोमा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले उच्च मूल्याङ्कन गर्दै सम्मान व्यक्त गरेका हुन्।

उक्त कार्यक्रममा प्रहरी प्रमुखले आगामी दिनमा शान्ति, सुरक्षा र कानुन कार्यान्वयनमा सहकार्यको अपेक्षा व्यक्त गर्दै पदाधिकारीहरुलाई सु-स्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन्।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  १२ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।