काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरका मेयर बालेन शाहबिच सात बुँदे सहमति भएकाेमा रवि लामिछानेका दाजु हरिशरण लामिछानेले खुसी व्यक्त गरेका छन् । साथै उनले काठमाडौं महानगरपालिकाको भावी मेयरमा आफ्नो दाबी रहने सङ्केत गरेका छन् । उनले काठमाडौँ महानगरमा आफ्नो स्वतन्त्र उम्मेदवारी रहने सम्भावना रहेको उल्लेख गरेका हुन् ।
उनले लेखेका छन्– ‘दुई भाइको सम्झौताप्रति सम्मान र खुसी व्यक्त गर्दै काठमाडौँ महानगरपालिकाको भावी मेयर पदमा मेरो ‘स्वतन्त्र उम्मेदवारी’ रहने प्रबल सम्भावना रहेको जानकारी गराउँदछु।’







प्रतिक्रिया