१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बाफलबाट २ थान पेस्तोलसहित ३ जना पक्राउ



काठमाडौं । नागार्जुन नगरपालिका–४ बाफलबाट दुई थान पेस्तोलसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौं डल्लु बस्ने ३२ वर्षीय झिल्के भनिने विकाश शाही, मोरङको लेटाङ नगरपालिका–४ का २२ वर्षीय शाहिल तिवारी र बाफल बस्ने ३३ वर्षीय जस्वन राई भनिने अश्विन राई छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले टोलीले पक्राउ गरेको हो ।

उनीहरूबाट सीएफ ९८ लेखिएको दुई थान पेस्तोल, त्यसको तीन् थान म्याग्जिन र २ राउन्ड गोली र २ थान खोका बरामद भएको परिसरका एसपी पवनकुमार भट्टराईले बताए ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ३ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।