ललितपुर । जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–१४ ठैब लाखे टोल डेरा गरी बस्ने खोटाङ घर भएकी २९ वर्षीया संगीता कार्कीको कोठामा जुवातास खेलिरहेको अवस्थामा संगीतासमेत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७ लाख ३६ हजार ४ सय ७० रूपैयाँसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ५ थान मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







प्रतिक्रिया