काठमाडौं । गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गर्ने एक युवा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नेपाल टेलिकम र एनसेलको सहयोगमा काठमाडौँको ज्ञानेश्वरबाट झापाका राजन राजवंशीलाई आज पक्राउ गरेको हो ।
काठमाडौँ महानगरपालिका–३० ज्ञानेश्वरस्थित सलिना राईले सञ्चालन गरेको एक कम्पनीमा इन्टरनेट प्रयोग गरी कल बाइपास गरेको प्रहरीले जनाएको छ । कल बाइपास गर्ने उपकरणसहित पक्राउ परेका उनलाई दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ ।
प्रहरीले उनको साथबाट विभिन्न कम्पनीको राउटर र एडप्टर, कम्प्युटर, युपिएसलगायत उपकरण बरामद गरेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।







प्रतिक्रिया