२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मित्रनगरमा पकेटमारी गरेको आरोपमा चार जना पक्राउ, नगदसहित सामग्री बरामद



काठमाडौं । बाग्लुङ घर भई काठमाडौंको मित्रनगरमा बस्दै आएका ३७ वर्षीय दिपेन्द्र शर्माले पकेटमारी भएको भन्दै दिएको निवेदनपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

मिति २०८२/०९/२३ गते बिहान करिब ११ बजे शर्माले आफूले बोकेको कालो रङको साइड ब्यागभित्र राखिएको नगद २ लाख ७५ हजार रुपैयाँ हराएको जानकारी गराएका थिए। उक्त घटनाबारे अनुसन्धान गर्दै जाँदा प्रहरीले सोही दिन बेलुकी करिब ५ बजे पकेटमारी कार्यमा संलग्न चार जनालाई उपलब्ध स्रोत–साधन र प्रविधिको प्रयोग गरी पक्राउ गर्न सफल भएको हो।

पक्राउ पर्नेमा ३७ वर्षीय सरोज खड्का, ४२ वर्षीय विकास लामा, ३३ वर्षीय राजु गुरुङ र ३३ वर्षीय सुवास मगर रहेका छन्। प्रहरीले उनीहरूको साथबाट हराएको नगद रकमसहित अन्य सामग्रीसमेत बरामद गरेको जनाएको छ।

घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  ७ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।