२७ पुस २०८२, आइतबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ट्राफिक सप्ताह : नयाँ बसपार्कमा आँखा जाँच स्वास्थ्य शिविर



काठमाडौं । ट्राफिक सप्ताह अन्तर्गत दोस्रो दिन काठमाडौं उपत्यका प्रहरी कार्यालयको समन्वयमा नयाँ बसपार्कमा एकदिने आँखा जाँच स्वास्थ्य शिविर सम्पन्न भएको छ। मिति २०८२।०९।२७ गते आयोजित उक्त शिविर काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख प्रहरी निरीक्षक शेखर कुमार शाहको आयोजनामा नेपाल प्रहरी अस्पताल महाराजगंज र ग्रिनसिटी अस्पताल सामाखुसीको विशेष सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। शिविरको उद्घाटन प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले आँखा जाँच गरी गर्नुभएको थियो।

कार्यक्रममा यस कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी, प्रहरी उपरीक्षक नरेश राज सुवेदीसहित अन्य प्रहरी कर्मचारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, नयाँ बसपार्कबाट छुट्ने सवारी चालक तथा सहचालकहरू र यात्रुहरू गरी कुल २०५ जनाले आँखा जाँच गराएका थिए।

आयोजकका अनुसार सवारी चालक तथा यात्रुको स्वास्थ्य सुरक्षामा ध्यान दिँदै ट्राफिक सचेतना र दुर्घटना न्यूनीकरणका उद्देश्यले स्वास्थ्य शिविर आयोजना गरिएको हो।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ४ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।