काठमाडौं। मनहरी ६ मा आइतबार भएको घटनापछि ठप्प परेको पूर्व–पश्चिम राजमार्ग सोमबार बिहानबाट फेरि सञ्चालनमा आएको छ। स्थानीय शिक्षक सुर्य बहादुर लामाको मृत्युसँग सम्बन्धित मुद्दामा उचित क्षतिपूर्ति माग गर्दै स्थानियहरूले सडक जाम गरेका थिए। अहिले इलाका प्रहरी कार्यालयमा वार्ता जारी छ। यदि वार्ता सकारात्मक नहुने हो भने स्थानीयहरूले पुनः सडक ठप्प पार्ने चेतावनी दिएका छन्।
शिक्षक लामाको मृत्यु हेटौँडा जाँदै गरेको ट्रकको ठक्करबाट भएको थियो। स्थानीयहरूले तत्कालका लागि सडक सुचारु गरिसकेका छन्।








प्रतिक्रिया