काठमाडौं । काठमाडौंको बालाजुबाट प्रहरीले ४ सय बोरा युरिया मल बरामद गरेको छ । काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु पुलबाट ४ सय बोरा युरिया बरामद गरिएको हो।
भन्सार छलेर ल्याएको मल र ६० बोरा मकै पनि प्रहरीले बरामद गरेको छ । सो सामान ल्याउने ना.६ ख ७०११ नम्बरको ट्रक चालक रौतहट वृन्दावन नगरपालिका–६ घर भएका २५ वर्षीय राजकुमार महतोलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चालकसहित भन्सार छलीको सामान त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाएको छ ।
२८ पुस २०८२, सोमबार
10
Shares







प्रतिक्रिया