काठमाडौँ
काठमाडौँ महानगरपालिका–१३ गौह्रीगाउँस्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका युवकको निधन भएको छ ।
मोटरसाइकल चालक रामेछाप नगरपालिका–५ घर भई हाल काठमाडौँ जोरपाटी बस्ने २८ वर्षीय लोकबहादुर सुनारको निधन भएको काठमाडौँ उपत्यक ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन् ।
“बा ७१ प ५८८९ नं को मोटरसाइकल बा ४ ख २८९८ नं को टिपरमा ठक्कर खाई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक सुनार गम्भीर घाइते भएका थिए । उहाँको केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो” उनले भने ।
उक्त दुर्घटनामा परी घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको जनाउँदै टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता सुवेदीले बताएका छन् ।







प्रतिक्रिया