२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा ८३ वर्षीय वृद्ध हत्या प्रकरणः तीन जना पक्राउ



ललितपुर । ललितपुर महानगरपालिका–१७, बाफलमा एक वृद्धको हत्या गरी शव इनारभित्र लुकाइएको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

घटना मिति २०८२/०९/२६ गते बिहान करिब ११ बजे सार्वजनिक भएको हो। इलाम जिल्लाको सूर्योदय नगरपालिका–१० स्थायी घर भई हाल ललितपुर महानगरपालिका–१७, बाफलमा बस्दै आएका ८३ वर्षीय गर्जमान थापा हराएको भन्दै उनका छोरा पूर्णबहादुर थापाले प्रहरी वृत्त सातदोबाटोमा निवेदन दिएका थिए।

निवेदनपछि तत्काल परिचालित प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मिति २०८२/०९/२८ गते बिहान ११:५५ बजे हराएको स्थान नजिकै रहेको इनारभित्र सेतो रङको बोरामा शंकास्पद अवस्थामा शव फेला पारेको थियो।

बोरा निकालेर जाँच गर्दा थापाको हातखुट्टा नाइलनको डोरीले बाँधिएको र घाँटी काटिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। घटनास्थलमा लास जाँच (मौकाजाँच) लगायतका प्रारम्भिक प्रक्रिया पूरा गरी थप अनुसन्धान गर्दा घटनामा संलग्न व्यक्तिहरूको पहिचान भएको थियो।

प्रहरी वृत्त सातदोबाटो तथा जिल्ला प्रहरी कार्यालय ललितपुरबाट खटिएको टोलीले अभियुक्तहरूलाई लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो। पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दामा ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका अभियुक्तहरूः

सदाम मन्सुरी (२३ वर्ष)
– मोतिहारी, पुलिस थाना रक्सौल, ग्राम पञ्चायत हर्दिया–९, बिहार (भारत)
– हाल ललितपुर महानगरपालिका–१७, बाफल

युसुफ हवारी (२२ वर्ष)
– मोतिहारी, पुलिस थाना रक्सौल, ग्राम पञ्चायत हर्दिया–५, बिहार (भारत)
– हाल ललितपुर महानगरपालिका–१७, बाफल

मोहमद नोमान (२२ वर्ष)
– मोतिहारी, पुलिस थाना रक्सौल, ग्राम पञ्चायत हर्दिया–५, बिहार (भारत)
– हाल ललितपुर महानगरपालिका–१७, बाफल

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ४ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।